कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ « Khabarhub

कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ



दोहा- नेपाली श्रमिकको श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा भिसाको म्याद सकिएका तथा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई पक्राउ गरिएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न, देशमा कानून र व्यवस्था लागू गर्न त्यहाँको ब्निएद अल-गर क्षेत्रमा चलाएको अभियानमा आवासीय भिसाको म्याद सकिएर गैरकानूनी रुपमा लुकीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये ३७ जनाको भिसाको म्याद समाप्त भएको, ३ जना फरार सूचीमा रहेको, ५५ जना त्यहाँको कानून उल्लंघन गरी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यी बाहेक एक व्यक्तिले आईडी कार्ड नबोकेकोमा गिरफ्तार गरिएको जनाइएको छ । उनीहरुविरुद्ध आवश्यक कानूनी कारबाही लागि सम्बन्धित अधिकारीहरु समक्ष बुझाइएको मन्त्रालयले जनाएको छ ।

कुवेतले विभिन्न समयमा गैरकानूनी रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानूनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीममा पनि नफर्किएकाहरुविरुद्ध कडा कदम चल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

मन्त्रालयले कुवेती नागरिकलाई विदेशी नागरिक गैरकानूनी रुपमा बसेको भए रिपोर्ट गर्न वा त्यस्ता कुनै व्यक्तिको बारेमा जानकारी भए सुरक्षा निकायलाई सहयोग गर्न समेत अपिल गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ४० बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ