कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ « Khabarhub

कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ



दोहा- नेपाली श्रमिकको श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा भिसाको म्याद सकिएका तथा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई पक्राउ गरिएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न, देशमा कानून र व्यवस्था लागू गर्न त्यहाँको ब्निएद अल-गर क्षेत्रमा चलाएको अभियानमा आवासीय भिसाको म्याद सकिएर गैरकानूनी रुपमा लुकीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये ३७ जनाको भिसाको म्याद समाप्त भएको, ३ जना फरार सूचीमा रहेको, ५५ जना त्यहाँको कानून उल्लंघन गरी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यी बाहेक एक व्यक्तिले आईडी कार्ड नबोकेकोमा गिरफ्तार गरिएको जनाइएको छ । उनीहरुविरुद्ध आवश्यक कानूनी कारबाही लागि सम्बन्धित अधिकारीहरु समक्ष बुझाइएको मन्त्रालयले जनाएको छ ।

कुवेतले विभिन्न समयमा गैरकानूनी रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानूनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीममा पनि नफर्किएकाहरुविरुद्ध कडा कदम चल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

मन्त्रालयले कुवेती नागरिकलाई विदेशी नागरिक गैरकानूनी रुपमा बसेको भए रिपोर्ट गर्न वा त्यस्ता कुनै व्यक्तिको बारेमा जानकारी भए सुरक्षा निकायलाई सहयोग गर्न समेत अपिल गरेको छ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : ४० बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक