डेढ वर्षमा ३ लाख पर्यटक, योजना बनाउँदै पर्यटन बोर्ड « Khabarhub

डेढ वर्षमा ३ लाख पर्यटक, योजना बनाउँदै पर्यटन बोर्ड



काठमाडौँ– कोरोना भाइरसको महामारीले नेपालको पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ । सरकारले लकडाउन गर्दै र नियन्त्रण खुकुलो गर्दै लगे पनि पर्यटन व्यवसयमा सुधार आएको छैन ।

कोरोना महामारीकै कारण भिजिट नेपाल २०२० को असफल भयो । दोस्रो चरणको लकडाउनपछि अहिले लगभग सबै क्षेत्रहरू खुलिसकेका छन् । डेढ वर्षदेखि थला परेको पर्यटन क्षेत्र भने तत्काल तङ्ग्रिन सक्ने अवस्था देखिँदैन ।

नेपालको पर्यटनमा बाह्य पर्यटकको हिस्सा ठूलो छ तर पर्यटकको आवगमन भने न्यून छ । सामान्यतया बाह्य पर्यटक नेपाल आएर आउँदा चालककदेखि होटल र ट्रेकिङसम्ममा कम्तीमा ९ जनाले रोजगारी पाउँछन् ।

सरकारले विदेशी पर्यटकका लागि सात दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । यस्तो प्रावधान रहेसम्म विदेशी पर्यटक नबढ्ने नेपाल पर्यटन बोर्डका अधिकारीको भनाइ छ ।

एक हप्ता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने बोर्डका उपाध्यक्ष चन्द्र रिजालको भनाइ छ ।

तत्कालीन पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा निजामती कर्मचारीलाई खर्च १० दिन ‘पर्यटन बिदा’ दिने नीति अघि सारेका थिए ।

बजेट वक्तव्यको बुँदा नम्बर ६६ मा ‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ’ भनिएको छ । आर्थिक वर्ष शुरू भएको दुई महिना बितेको छ तर यसको कार्यविधि बनेको छैन ।

आगामी योजनाहरू

साढे एक वर्षदेखि थला परेको पर्यटन क्षेत्र उकास्न पर्यटन बोर्डले विभिन्न योजना अघि सारेको छ । कतिपय योजनाको काम तत्कालै भएको र केही काम शुरू हुन समय लाग्ने उपाध्यक्ष रिजालको भनाइ छ ।

आन्तरिक पर्यटकका लागि बोर्डले गन्तव्य छनोट गर्ने भएको छ ।

एक स्थानीय तह एक उत्पादन

एउटा गाउँपालिकाको एउटा उत्पादन र पर्यटन प्रर्वद्धनका लागि ७५३ वटै स्थानीय तहभित्र एउटा गन्तव्य पहिचान गरिनेछ ।
गुफा, मन्दिर, टे«किङ, ¥याफटिङ, जङ्गल सफारी, क्यानोइङ, दृश्य अवलोकन लगायत पर्यटकीय उत्पादनको पहिचान गराउने रिजालले बताए ।

जिल्लामा एक मुख्य पर्यटकीय गन्तव्य

सतहत्तर वटै जिल्लाका विभिन्न गन्तव्यमध्ये एउटा मुख्य गन्तव्य पहिचान गर्ने योजना योजना पनि पर्यटन बोर्डको छ ।

‘एउटै जिल्लामा धेरै पर्यटकीय गन्तव्यहरू छन्’ रिजाल भन्छन्, ‘अलि महत्वपूर्ण र धेरै पर्यटक जिल्लाको कुन ठाउँमा लैजान सकिन्छ भनेर पहिचान गरिनेछ ।’

सात वटै प्रदेशमा मेला

हरेक वर्ष २ देखि ३ दिनसम्म प्रदेशस्तरीय मेला आयोजना गर्ने योजना पनि छ । मेलामा प्रदेशभित्र गतिविधिहरू प्रदर्शन गरिनेछ ।
‘सात वटै प्रदेशमा यसै वर्षबाट मेलाको कार्यक्रम शुरू हुन्छ,’ उनले भने, ‘उत्पादन भएका वस्तु तथा सामग्री देखाउने, खरिदबिक्री गर्न मिल्ने गरी मेला लाग्नेछ ।’

सात वटै प्रदेशमा सङ्ग्रहालय

विदेशी पर्यटकहरू नेपालको प्राकृतिक दृश्यमा रमाउँछन् । आगामी केही वर्षमा भने सबै पर्यटकीय गतिविधि समेटिएको मानव निर्मित पर्यटकीय उत्पादन, सङ्ग्रहालय, सात वटै प्रदेशमा स्थापना गर्ने योजना पर्यटन बोर्डको छ ।

‘गाउँदेखि जिल्ला हुँदै डाँडा, हिमाल लगायत विभिन्न क्षेत्रको गन्तव्य त्यही म्युजियममा राखिनेछ,’ रिजालले खबरहबसँग भने, ‘काठमाडौँ उपत्यकाको पेरिफेरिमा माउन्टेन टुरिजम भनेर छिट्टै स्थापना गर्नेछौँ ।’

उनका अनुसार बाग्मती प्रदेशमा कम्तीमा ५ वर्षभित्र सङ्ग्रहालय बन्नेछ । अन्य प्रदेशमा अनुसन्धानको क्रममा रहेको छ । बोर्डले ल्याएको योजना कार्यान्वयन भएमा कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र तङ्गिँ्रदै जाने बोर्डका अधिकारीहरू बताउँछन् ।

डेढ वर्षमा ३ लाख पर्यटक

वार्षिक ११ लाखसम्म विदेशी पर्यटक नेपाल आउने गरेकोमा माहामारीपछि तीन लाख भन्दा कममा सीमित रहेको छ ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आए भने सन् २०२१ को अगस्ट सम्ममा ६६ हजार ९६६ जना आएको पर्यटन बोर्डको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : २७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण