तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’ « Khabarhub

तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको तालिबान सरकारमा आपसी फुट आएको छ । बीबीसीले विभिन्न तालिबान स्रोतको हवाला दिँदै तालिबानको अन्तरिम सरकारमा फुट आएको जनाएको छ । तालिबान स्रोतले बीबीसीसँग उपप्रधानमन्त्री मुल्लाह गनी बरादर र अन्तरिम सरकारका एक सदस्यबीच गत हप्ता राष्ट्रपति भवनमा भनाभन भएको सो क्रममा दुई समूहबीच झडप भएको जनाएको छ ।

समाचार अनुसार अन्तरिम सरकारमा प्रधानमन्त्रीका दाबेदार रहेका बरादरलाई उपप्रधानमन्त्री बनाइएपछि उनी असन्तुष्ट थिए । बरादरको समूह शक्तिशाली हक्कानी नेटवर्कबीच आपसी मतभेद रहेको छ । हक्कानी नेटवर्कका संयोजक सिराजद्दिन हक्कानी अन्तरिम सरकारमा गृहमन्त्री छ ।

पछिल्ला दिनहरुमा बरादर सार्वजनिक कार्यक्रमहरुमा नदेखिएपछि उनको मृत्यु भइसकेकोसमेत हल्ला चलेको छ । तर, बीबीसीसँग तालिबान स्रोतले ती हल्लाहरुमा सत्यता नभएको बताएको छ । तालिबान स्रोतले सुरुमा बरादर काबुल छाडेर कंधार गएको बताएको थियो भने पछिल्लो पटक बरादर थाकेकाले आराम गरिरहेको बताएको छ ।

सोमबार बरादरको भनिएको एक अडियो टेप सार्वजनिक गरिएको छ । सो टेपमा बरादरले आफू जहाँ भए पनि ठिक अवस्थामा रहेको बताएका छन् । बीबीसीले यो अडियो टेपको स्वतन्त्र पुष्टि गर्न नसकिने बताएको छ ।

अफगानिस्तानको सत्तामा पुगेपछि तालिबानमा जितको श्रेय लिने विषयमा आपसी मतभेद भएको जनाइएको छ । बरादरले आफ्नो कूटनीतिका कारण तालिबानले सफलता पाएको बताउँदै आएका छन् भने हक्कानी नेटवर्कले आफ्नो युद्धका कारण सफलता पाएको बताउँदै आएको छ । अ

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा सिधा कुरा गर्ने पहिलो तालिबान नेता बरादर थिए । उनले नै अमेरिका र तालिबानबीच कतारको दोहामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन सम्झौता अनुसार अमेरिका अफगानिस्तानबाट २० वर्षपछि फर्किएको थियो ।

उता हक्कानी नेटवर्क अमेरिकी सेनाविरुद्ध सबैभन्दा घातक आक्रमण गर्ने समूहका रुपमा चर्चित छ । हक्कानी नेटवर्कलाई अमेरिकाले अहिले पनि आतंकवादीको सूचीमा राखेको छ । एजेन्सी

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : ०९ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते