तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’ « Khabarhub

तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको तालिबान सरकारमा आपसी फुट आएको छ । बीबीसीले विभिन्न तालिबान स्रोतको हवाला दिँदै तालिबानको अन्तरिम सरकारमा फुट आएको जनाएको छ । तालिबान स्रोतले बीबीसीसँग उपप्रधानमन्त्री मुल्लाह गनी बरादर र अन्तरिम सरकारका एक सदस्यबीच गत हप्ता राष्ट्रपति भवनमा भनाभन भएको सो क्रममा दुई समूहबीच झडप भएको जनाएको छ ।

समाचार अनुसार अन्तरिम सरकारमा प्रधानमन्त्रीका दाबेदार रहेका बरादरलाई उपप्रधानमन्त्री बनाइएपछि उनी असन्तुष्ट थिए । बरादरको समूह शक्तिशाली हक्कानी नेटवर्कबीच आपसी मतभेद रहेको छ । हक्कानी नेटवर्कका संयोजक सिराजद्दिन हक्कानी अन्तरिम सरकारमा गृहमन्त्री छ ।

पछिल्ला दिनहरुमा बरादर सार्वजनिक कार्यक्रमहरुमा नदेखिएपछि उनको मृत्यु भइसकेकोसमेत हल्ला चलेको छ । तर, बीबीसीसँग तालिबान स्रोतले ती हल्लाहरुमा सत्यता नभएको बताएको छ । तालिबान स्रोतले सुरुमा बरादर काबुल छाडेर कंधार गएको बताएको थियो भने पछिल्लो पटक बरादर थाकेकाले आराम गरिरहेको बताएको छ ।

सोमबार बरादरको भनिएको एक अडियो टेप सार्वजनिक गरिएको छ । सो टेपमा बरादरले आफू जहाँ भए पनि ठिक अवस्थामा रहेको बताएका छन् । बीबीसीले यो अडियो टेपको स्वतन्त्र पुष्टि गर्न नसकिने बताएको छ ।

अफगानिस्तानको सत्तामा पुगेपछि तालिबानमा जितको श्रेय लिने विषयमा आपसी मतभेद भएको जनाइएको छ । बरादरले आफ्नो कूटनीतिका कारण तालिबानले सफलता पाएको बताउँदै आएका छन् भने हक्कानी नेटवर्कले आफ्नो युद्धका कारण सफलता पाएको बताउँदै आएको छ । अ

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा सिधा कुरा गर्ने पहिलो तालिबान नेता बरादर थिए । उनले नै अमेरिका र तालिबानबीच कतारको दोहामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन सम्झौता अनुसार अमेरिका अफगानिस्तानबाट २० वर्षपछि फर्किएको थियो ।

उता हक्कानी नेटवर्क अमेरिकी सेनाविरुद्ध सबैभन्दा घातक आक्रमण गर्ने समूहका रुपमा चर्चित छ । हक्कानी नेटवर्कलाई अमेरिकाले अहिले पनि आतंकवादीको सूचीमा राखेको छ । एजेन्सी

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १ : ०९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको