कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क ! « Khabarhub

कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क !


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवारदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । पहिलो दिन बुधबार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

गत जेठ महिनामा हनुुपर्ने कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीका कारण पटक पटक स्थगन भएकाले बुधावार सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १६ गते निकालेको पछिल्लो परीक्षा तालिका अनुसार बुधबार होम सेन्टर प्रणालीबाट देशभर एकै पटक परीक्षा भएको छ ।

बोर्डले पहिलो पटक परीक्षा तोकेको करिब तीन महिनापछि परीक्षा दिन पाउँदा परीक्षार्थीहरू मख्ख छन् भने शिक्षकहरू पनि परीक्षा कहिले हुन्छ भन्ने अन्योल र तनावबाट मुक्त भएका छन् ।

ढिलै भए पनि परीक्षा दिन पाउँदा खुशी लागेको काठमाडौँको प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयकी छात्रा अस्मीता कार्कीले बताइन् ।

पटक पटक परीक्षा स्थगित हुँदा विद्यार्थी, अभिभावक र शिक्षकहरू तनावमा रहेका थिए भने उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरू पनि जान पाइदैन कि भन्ने चिन्तामा थिए ।

परीक्षा सञ्चालन भएपछि विद्यार्थीहरूमा देखिएको मानसिक तनाव पनि हटेर गएको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए ।

उनले भने, ‘लामो समयदेखि परीक्षा नहुँदा विद्यार्थीहरू तनावमा रहेको थिए अब त्यो हटेको छ ।’

उनका अनुसार परीक्षामा बसेका सबै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्र्णरुपमा पालना गराइएको छ । एउटा कक्षामा २० जना भन्दा बढी विद्यार्थीहरू राखिएको छैन ।

विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गर्नु अगावै ज्वरो नापेर र कुनै स्वास्थ्य समस्या भए नभएको बुझेर मात्र परीक्षामा सहभागी गराइएको छ ।
ज्वरो र रुघा खोकी लागेकी एक छात्रालाई छुट्टै कोठमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको गौतमले बताए ।

छात्राले आफूलाई केही दिनदेखि रुघा खोकी र ज्वरोदेखिएको र परीक्षा दिन तयार रहेको बताएपछि उनलाई छुट्टै कोठमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको उनले जनाए ।

त्रिपुरेश्वरस्थिति विश्व निकेतन माध्यमिक विद्यालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा लिइरहेको छ ।
विद्यार्थीको संख्या बढी भएकाले एउटा कक्षा कोठमा २५ जना देखि ३० जनासम्म राख्नु परेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

उनले भने, ‘सबै विद्यार्थीहरूलाई अनिवार्य माक्स प्रयोग गर्न भनेका छौँ, साबुन पानीले हात धुने व्यवस्था पनि गरिदिएका छौँ ।’

परीक्षा दिन पाउँदा विद्यार्थीहरू हर्षित भएको उनले बताए । पटक पटक परीक्षा स्थगित हुँदा तनावमा परेका विद्यार्थी, अभिभाव र शिक्षकहरू पनि तनाव मुक्त भएको उनको भनाइ छ ।

केही विद्यार्थीहरू विभिन्न कारण परीक्षामा सहभागी हुन नसके पनि सबै जसो विद्यार्थीहरू परीक्षामा सहभागी भएको उनले बताए । ८४० जना विद्यार्थीहरू परीक्षामा सहभागी भएको उनले जानकारी दिए । विश्व निकेतन माविले एउटा बेन्चमा दुई जना विद्यार्थी राखेर परीक्षा लिइरहेको छ ।

त्यस्तै नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिरहेको छ ।

थोरै विद्यार्थी भएकाले एउटा बेन्चमा एक जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेका प्रधानाध्यापक गीता काफ्लेले बताइन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट करिब ३ लाख ७४ हजार परीक्षार्थीहरू सहभागि हुनेछन् भने ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा सहभागी विद्यार्थीहरूले माक्स लगायतका छन् भने विद्यालयले पनि हात धुने ज्वरो नाप्ने जस्ता व्यवस्थाहरू मिलाइदिएका छन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४९ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा