कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क ! | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षा : विद्यार्थी मख्ख, शिक्षक ढुक्क !


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवारदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । पहिलो दिन बुधबार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

गत जेठ महिनामा हनुुपर्ने कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीका कारण पटक पटक स्थगन भएकाले बुधावार सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १६ गते निकालेको पछिल्लो परीक्षा तालिका अनुसार बुधबार होम सेन्टर प्रणालीबाट देशभर एकै पटक परीक्षा भएको छ ।

बोर्डले पहिलो पटक परीक्षा तोकेको करिब तीन महिनापछि परीक्षा दिन पाउँदा परीक्षार्थीहरू मख्ख छन् भने शिक्षकहरू पनि परीक्षा कहिले हुन्छ भन्ने अन्योल र तनावबाट मुक्त भएका छन् ।

ढिलै भए पनि परीक्षा दिन पाउँदा खुशी लागेको काठमाडौँको प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयकी छात्रा अस्मीता कार्कीले बताइन् ।

पटक पटक परीक्षा स्थगित हुँदा विद्यार्थी, अभिभावक र शिक्षकहरू तनावमा रहेका थिए भने उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरू पनि जान पाइदैन कि भन्ने चिन्तामा थिए ।

परीक्षा सञ्चालन भएपछि विद्यार्थीहरूमा देखिएको मानसिक तनाव पनि हटेर गएको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए ।

उनले भने, ‘लामो समयदेखि परीक्षा नहुँदा विद्यार्थीहरू तनावमा रहेको थिए अब त्यो हटेको छ ।’

उनका अनुसार परीक्षामा बसेका सबै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्र्णरुपमा पालना गराइएको छ । एउटा कक्षामा २० जना भन्दा बढी विद्यार्थीहरू राखिएको छैन ।

विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गर्नु अगावै ज्वरो नापेर र कुनै स्वास्थ्य समस्या भए नभएको बुझेर मात्र परीक्षामा सहभागी गराइएको छ ।
ज्वरो र रुघा खोकी लागेकी एक छात्रालाई छुट्टै कोठमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको गौतमले बताए ।

छात्राले आफूलाई केही दिनदेखि रुघा खोकी र ज्वरोदेखिएको र परीक्षा दिन तयार रहेको बताएपछि उनलाई छुट्टै कोठमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको उनले जनाए ।

त्रिपुरेश्वरस्थिति विश्व निकेतन माध्यमिक विद्यालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा लिइरहेको छ ।
विद्यार्थीको संख्या बढी भएकाले एउटा कक्षा कोठमा २५ जना देखि ३० जनासम्म राख्नु परेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

उनले भने, ‘सबै विद्यार्थीहरूलाई अनिवार्य माक्स प्रयोग गर्न भनेका छौँ, साबुन पानीले हात धुने व्यवस्था पनि गरिदिएका छौँ ।’

परीक्षा दिन पाउँदा विद्यार्थीहरू हर्षित भएको उनले बताए । पटक पटक परीक्षा स्थगित हुँदा तनावमा परेका विद्यार्थी, अभिभाव र शिक्षकहरू पनि तनाव मुक्त भएको उनको भनाइ छ ।

केही विद्यार्थीहरू विभिन्न कारण परीक्षामा सहभागी हुन नसके पनि सबै जसो विद्यार्थीहरू परीक्षामा सहभागी भएको उनले बताए । ८४० जना विद्यार्थीहरू परीक्षामा सहभागी भएको उनले जानकारी दिए । विश्व निकेतन माविले एउटा बेन्चमा दुई जना विद्यार्थी राखेर परीक्षा लिइरहेको छ ।

त्यस्तै नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिरहेको छ ।

थोरै विद्यार्थी भएकाले एउटा बेन्चमा एक जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेका प्रधानाध्यापक गीता काफ्लेले बताइन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट करिब ३ लाख ७४ हजार परीक्षार्थीहरू सहभागि हुनेछन् भने ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा सहभागी विद्यार्थीहरूले माक्स लगायतका छन् भने विद्यालयले पनि हात धुने ज्वरो नाप्ने जस्ता व्यवस्थाहरू मिलाइदिएका छन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ४९ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति