एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि « Khabarhub

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २ अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३ लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४ निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५ केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६ सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७ जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८ प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य रहनेछन् ।

यस्तै ९ विशेष कमिटीका पदाधिकारी र सदस्य, १० जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११ निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२ जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३ पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४ पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५ एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६ एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : ३४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)