पक्की पुलमाथिबाट बग्छ खोला « Khabarhub

पक्की पुलमाथिबाट बग्छ खोला


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ ।

‘वर्षायामको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु । एक्लै तर्दा खोलाले बगाउला जस्तो हुन्छ, त्यही भएर अरुको सहायता चाहिन्छ’, भूमेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत् महेन्द्र पण्डितले भने ।

यही पुल पार गर्दै उनी दिनहुँ विद्यालय पुग्छन् र फर्कन्छन् । तर, ठूलो बाढी आएका बेला भने उनी अर्कै बाटो प्रयोग गर्छन् । ‘बाढीले खोला बढेपछि एक घण्टाभन्दा बढीको बाटो घुम्नुपर्छ । विद्यालय आउन जान समस्या छ’, उनी भन्छन् ।

पुल माथिबाट खोला बगेपछि विद्यार्थी मात्रै हैनन्, स्थानीयले पनि सकस भोगिरहेका छन् । गोरे खोलाको पुलमाथिबाट खोला बग्न थालेपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

गत १ असार र १७ साउनमा मेलम्ची खोलामा आएको बाढीको लेदोसहित छालले गोरे खोलाको पुल पुरेको छ । पुलमाथिबाट खोला बगेको छ । पानी र लेदोले पुरिएकाले पुल स्पष्ट देख्न सकिँदैन । जस कारण खोला तर्दा पुलको वरिपरीको देखिने डण्डीकै अड्कलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ ।

वर्षासँगै खोलामा पानीको बहाव बढेपछि समस्या भएको हो । गाउँपालिकाले पुलमाथि र तल भरिएको लेदोसहितको बालुवा हटाएर खोलालाई पुल तलबाट बग्ने अवस्था सृजना गरेमा आउजाउमा सहज हुने स्थानीय यमबहादुर जोती बताउँछन् ।

चनौटेको रातो पुल बगाएपछि महांकाल हुँदै हेलम्बुको १, २ र ७ नम्बर पुग्न गोरे खोलाबाहेक अर्को विकल्प छैन । पुलको अवस्था के छ भन्नेबारे अनविज्ञ हुँदा सवारी साधनलाईसमेत समस्या परिरहेको छ । ‘कतै खाल्डा छ कि भन्ने भयले सवारी चलाउनुपर्छ,’ सवारी चालक मिङमार लामाले भने, ‘दुर्घटना हुन सक्ने डर उत्तिकै छ ।’ न्यूजकारखाना

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ०९ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड