मालपोत र भूमिको काम एकै ठाउँबाट « Khabarhub

मालपोत र भूमिको काम एकै ठाउँबाट


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ ।

विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए ।

विसं २०१३ मा निर्माण भएको मालपोत कार्यालयमा भूमि सुधार कार्यालय पनि सञ्चालनमा आउँदा केही समस्या भए पनि त्यसलाई निराकरण गर्दै जाने मालपोत कार्यालयका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।

मालपोतको सेवा अनलाइन भइसकेको छ र केही दिनपछि भूमि सेवा केन्द्र पनि अनलाइनबाट नै सञ्चालन हुँदा सेवाग्राहीको धेरै समस्या समाधार हुने प्रमुख भण्डारीले आज यहाँ पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बताए ।

उनले कार्यालयलाई व्यवस्थित एवं मर्यादित बनाउन सबै कर्मचारीको बल र प्रयासबाट मात्र सम्भव हुने भन्दै मालपोतसँग जोडिएका लेखापढी व्यवसायी पनि काममा इमान्दार बन्नुपर्ने धारणा राखे । अहिलेको स्थानमा रहेको मालपोतले ओगटेको जग्गा जिल्ला अदालतलाई हस्तान्तरण भइसकेको जानकारी दिँदै प्रमुख भण्डारीले अब बन्ने मालपोतको भवन सुविधा सम्पन्न हुने र यसबाट सेवाग्राहीलाई सहज हुने धारणा राखे ।

गएको आर्थिक वर्षमा रु एक अर्ब २४ करोड राजस्व सङ्कलन गर्न सफल यो कार्यालयमा केही दाता एवं स्थानीय तहको सहयोगमा नागरिक विश्राम कक्ष र शौचालय निर्माणका हुनुका साथै कार्यालयमा बाहिरिया पस्न नदिन सबैतिर सिसाले घेरबार गरिएको प्रमुख भण्डारीले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १० : ३० बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी