माओवादीले अब वडामा पनि चुनाव जित्दैन : ओली « Khabarhub

माओवादीले अब वडामा पनि चुनाव जित्दैन : ओली


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चूनावमा माओवादीले वडा पनि नजित्ने दाबी गरेका छन् । बुधबार बुटवलमा आयोजित सभामा उनले यसअघि आफ्नो पार्टीले सहयोग गरेकाले माओवादीले केही सिट जितेको भन्दै अव वडा पनि नजित्ने दाबी गरे।

ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताए । नेता नेपाल तिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह पनि गरे ।

ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी पनि गरे । उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको बताए ।

उनले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको टिप्पणी गरे ।

ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्ने दाबी गरे । उनले भने, ‘सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ । कम्युनिस्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ ।’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ४८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको