पोखरामा पूरै खुल्यो लकडाउन, राति साढे १ बजेसम्म क्लब खुल्ने « Khabarhub

पोखरामा पूरै खुल्यो लकडाउन, राति साढे १ बजेसम्म क्लब खुल्ने


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् ।

दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राति ११ : ३० बजेसम्म खोल्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरू राति १ : ३० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

पोखरा महानगरले पनि १ गतेदेखि नै नगरभित्रका सबै स्कुल भौतिक उपस्थितिमा खुला गर्न सूचना जारी गरेको छ । नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्वप्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो । भौतिक रूपमा खुलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुरूप संचालन गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ०० बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले