लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु | Khabarhub Khabarhub

लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्। एलएफले उक्त आरोप अस्वीकार गरेको छ।

गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो । उक्त विस्फोटको संलग्नताको विषय अनुसन्धान भइरहँदा हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश तारेक बितार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र