दशैँका दिन कुवेतमा अस्ताए माधब « Khabarhub

दशैँका दिन कुवेतमा अस्ताए माधब



दोहा- कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । नेपाली पत्रकार तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन ) कुवेतका उपाध्यक्ष समेत माधब शाहीको मृत्यु भएको छ ।

नेपालमा प्युठान घर भएका ३६ वर्षीय शाहीको बिहीबार कुवेतको जाब्रीयास्थित मुबारक अल कबिर हस्पिटलमा हृदयघातको उपचारको क्रममा असामयिक निधन भएको एनआरएनए कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

प्रवासी परोपकारी पत्रकारितामा सक्रिय शाही एनआरएनएलगायत दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ कुवेत शाखाका सदस्य थिए ।

उनी लामो समयदेखि कुवेतको एक कम्पनीमा काम गर्दै आएका थिए । उनको परिवारमा श्रीमती र दुई छोरी रहेको बताईएको छ ।

कुवेतस्थित नेपाली दूतावासले पनि मृत्युको प्रारम्भिक जानकारी आइसकेको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव चांडै स्वदेश पठाउने जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक