न्यूरोड लगायतका क्षेत्रमा छैन कोरोना ! « Khabarhub

न्यूरोड लगायतका क्षेत्रमा छैन कोरोना !


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरूको महान चार्ड वडा दशैँमा बजारमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढ्यो ।

काठमाडौँका मुख्य बजारी क्षेत्र न्यूरोड, असन, रत्नपार्क, भृकुटीमण्डव, बसन्तपुर, ठमेल लगायतका क्षेत्रहरूमा पछिल्ला केही मानिसहरूको भिडभाड भयो । त्यस क्षेत्रको भिडलाई हेर्दा लाग्छ कि कोरोना कहाँ छ ? कोरोना न्यूरोडमा छ ? छैन, असनमा छ ? छैन, बसन्तपुरमा छ ? छैन ।

वास्वतमा यी क्षेत्रमा कोरोना संक्रमण रहेपनि त्यहाँको भिडभाडलाई हेर्दा कोरोना संक्रमण भएको भान भने हुँदैन । त्यस क्षेत्रका व्यवापरीदेखि ग्राहकसम्मले कोरोना संक्रमणलाई यति सहजता पूर्वक लिएर किनमेल गरिरहेका छन् कि उनीहरूले समान्य माक्स समेत लगाउन उचित ठानेको देखिदैँन । कोरोना माहामारीको जोखिमलाई यसरी वेवास्ता गरेर असावधानीका साथ किनमेल गर्ने हो भने संक्रमितको संख्या पुन बढ्ने सम्भावना देखिन्छ ।

काठमाडौँ महानरपालिका भित्र यी क्षेत्रमा सबै भन्दा बढी कोरोना संक्रमणको उच्च जोखिममा रहेका क्षेत्र हुन । महानरपालिका भित्र अझै पनि १५ सय भन्दा बढी सक्रिय संक्रमितहरू रहेका छन् भने दैनिक २० जनासम्म कोरोना संक्रमणका नयाँ विरामी थपिरहेको महानगरपालिकाले जनाएको छ ।

किनमेल गर्न अभिभावकसँग आएका बालबालिकाहरूलाई समेत माक्स लगाइएको देखिदैन । कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष मुनीका बालबालिकाहरू कोरोना संक्रमणको उच्च जोखिममा रहेका चिकित्सकहरूले बताउँदै आएपनि उक्त क्षेत्रमा किनमेल गर्न आउने अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई माक्स लगाउन उचित ठानेको देखिदैन ।

त्यस्तै कोरोना संक्रमणको उच्च जोखिममा रहेका वृद्धवृद्धाहरू पनि विना माक्स भिडभाडमा खुलम खुल्ला भएर हिडिरहेको देखिन्छन् । ती क्षेत्रमा मानिसहरूको भिडभाड यति छ कि एक पाइला अघि बढाएपछि दोस्रो पाइला कतिबेला अघि बढाउने थाहा समेत हुँदैन ।

उक्त भिडलाई हेर्दा यस्तो लाग्छ कि सरकारले पालना गर्ने भनेको दुई मिटरको भौतिक दुरी कागजमा मात्रै सिमित भएको छ । चिकित्सकहरूले कोरोना महामरीको जोखिम यथावत रहेको बताउँदै आय पनि मानिसहरूले कोरोना संक्रमणलाई वेवास्ता गर्दै किनमेल गरिरहेका छन् ।

दशैँको लागि नयाँ कपडा, आवश्यक खाद्यन्न लगायत बस्तुहरू किन्न उक्त क्षेत्रमा गएका अधिकांश मानिसहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएक छैनन् । माक्स लगाएकाले पनि सही तरिकाले लगाएका छैनन । अधिकांशले माक्सलाई चिउडोमा लगाएर हिडिरहेको देखिन्छ ।

यसरी विना सावधानी भिडभाडमा माक्स नलगाएर किनमेल गर्दा कोरोना संक्रमण हुन सक्छ भन्ने ज्ञान हुँदा हुँदै पनि मानिसहरूले त्यसलाई वेवास्ता गरिरहेका छन् ।

चिकित्सकहरूले अझै पनि विना माक्स घरबाट बाहिर नहिड्नु भन्न छोडेका छैनन । यस्तो बेला कोरोना संक्रमणबाट बालबालिकाई बचाउनु सबै भन्दा बढी चुनौति रहेको देखिन्छ ।

कोरोना भाइरस विरुद्धको खोप नलगाएका कारण अन्य व्यक्तिहरू भन्दा १८ वर्ष मुनीका बालबालिकाहरू कोरोना संक्रमणको उच्च जोखिममा रहेको भएपनि अभिभाकहरू त्यस कुरामा सचेत देखिदैनन । सरुवा रोग विशेषयज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस विरुद्धको खोप नलगाएका सबै मानिसहरू संक्रमणको उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार कोरोना संक्रमणको अवस्था केही कम भएको हो तर संक्रमण बढ्ने जोखिम भने पूर्ण रुपमा हटिसकेको भने छैन । त्यसका कारण पनि स्वास्थ्य सावधानी अपनाउनुपर्ने हुन्छ ।

दशैँ मनाउँदा होस् वा दशैँको लागि किनमेल गर्दा आवश्यक स्वास्थ्य सावधानी अपनाउन र सजग हुन आवश्यक रहेको उनले बताए । बालबालिका र वृद्धवृद्धालाई सकेसम्म भिडभाडमा नलग्न र नजान डा. पुनको सुझाब छ ।

यस्तो समयमा बालबालिकालाई कोरोना संक्रमण हुनबाट बचाउन अभिभावकको मुख्य भूमिका रहने गर्छ । बालबालिकाहरूमा संक्रमण नदेखिए पनि उनीहरू संक्रमण सार्ने माध्यम हुन सक्ने भएकाले अभिभावक स्वास्थ्य सावधानी प्रति सजग हुनपर्ने देखिन्छ ।

बालबालिका आफैँले आफ्नो सुरक्षा गर्न नसक्ने भएका कारण उनीहरूलाई संक्रमबाट जोगाउने मुख्य भूमिका अभिभावको रहेने डा. पुनले बताए । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनुलाई नै वौद्धिक मानिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १२ : ५९ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको