दशैँमा दीर्गरोगीले के खाने के नखाने ! « Khabarhub

दशैँमा दीर्गरोगीले के खाने के नखाने !


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँमा प्राय: सबैको घरमा खसीबोका काट्ने प्रचलन छ । दशैँको महाअष्टमीका दिनदेखि घरमा मासु पाक्न सुरु हुन्छ ।

विजयादशमीपछि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका थाप्ने चलन छ । यसरी टीका लगाउन जाँदा पनि कोसेली तथा पाहुनालाई दिइने खानामा मासुकै परिकार बन्ने गर्छन् ।

विशेषगरी दीर्घरोगीहरु उच्च रक्तचाप, मधुमेह, हृदयघात, क्यान्सर रोगका बिरामीहरुले खानपीनमा ख्याल गर्नुपर्छ ।
दशैँमा चिल्लो, बोसोयुक्त र मसला राखेको खाना नखान सुझाव दिएका छन् । विशेषगरी सम्बन्धित विशेषज्ञहरुले दशैँमा के खाने र के नखाने विषयमा दिएको सुझावः

डाक्टर कुन्जाङ शेर्पा (मुटु रोग विशेषज्ञ)
नेपालीहरुको भात धेरै खाने गेडागुडी र झोलिलो खानेकुरा कम खाने बानी छ । त्यसकारण कार्बोहाइड्रेडको मात्रा कम गराउने खाने कुरा कम खानु आवश्यक छ । सागसब्जीको मात्रा बढी सेवन गर्नुपर्छ ।

बोक्सोरिक्त खानेकुरा खाने ।

सकेसम्म बनस्पती र डाल्डा घ्यूबाट बनेका परिकार खानु हुँदैन ।

विशेषगरी दशैँमा मासुका परिकार बढी पाक्ने हुँदा सकेसम्म बोसो बढी भएको मासु कम खाना चिकित्सकको सुझाव छ ।
कुखुराको मासुको बाहिरी छालामा बढी बोसो हुन्छ त्यो नखाने । दूधको तर खानुहुँदैन ।

साथै घ्यू तेलमा बनेका परिकार र मिठाइ कम खाने । तेलको प्रयोग गर्दा सकेसम्म तोरीको प्रयोग गर्नुपर्छ । यदी तोरीको तेल प्रयोग गर्न नसकेको खण्डमा दुइसाता तोरी थप दुइसाता सनफ्लवरमा पकाएको खाने कुरा खानुपर्छ ।

उच्च रक्तचाप भएकाहरुले अचार, पापड मसला नखाने, बट्टामा प्याकिङ गरेको खाने कुरा र अजिनो मोटो नखाने ।

बट्टामा प्याकिङ गरिएको खानेकुरामा सोडियम बढि हुने हुँदा पोटासियम बढी भएको जस्तै फलफूल, सागसब्जीको मात्रा बढाउनुपर्छ ।

त्यस्तै मधुमेह भएकाहरुले चिनीको मात्रा कम भएका खाने कुरा खाने ।

खसी बोका काटेपछि बिहानदेखि बेलुका सम्म साता भरि नै मासु खाने चलन छ । त्यसले रोगीलाइ मात्र होइन निरोगीलाइ पनि असर पुर्‍याउछ ।

दशैँ तिहारको समयमा गंगालाल अस्पतालमा मुटु रोगका बिरामीको चाप खासै हुदैन । मानिसहरुले स्वास्थ्यभन्दा बढी प्राथमिकता चाडपर्वलाइ दिने गर्छन् ।

त्यस्तै छात्ती सम्बन्धि समस्या देखिएँ चिरचिर पसिना आएमा तुरुन्त चिकित्ससँग सल्लाह लिने अथवा नजिकैको स्वास्थ्य चौकी जान उनको सुझाव छ ।

डाक्टर मदन पिया (क्यान्सर रोग विशेषज्ञ)
नेपालमा हरेक वर्ष ५० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको अनुमान छ ।

केमियो थेरापी र ट्रिटमेन्ट सकाएर घरमा बसेका बिरामीका लागि दशैँमा कुन खानेकुरा कति मात्रामा खाने भन्नेबारे अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर मदन पिया सुझाव दिन्छन् ।

रातो मासु सकेसम्म नखाने ।

विशेष गरी जङ फुड, बोसोयुक्त खानेकुरा, आगोमा पोलेको, तेलमा तारेको मासु नखाने ।

बोतलमा प्याक गरिएका खानेकुरा सकेसम्म नखाने ।

मादक पदार्थ, धुम्रपान लगायतले क्यान्सर रोग निम्त्याउने हुँदा यसको सेवन नगर्ने ।

चाडपर्वमा एक/दुइ टुक्रा मासु खाँदा फरक पर्दैन तर धेरै खानु भएन ।

त्यस्तै क्यान्सर भएर निको भएका बिरामीले पनि खानपीनमा ध्यान पुर्‍याउन उनको सुझाव छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  २ : ४० बजे

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक

शेर मल्लको डेब्यु, पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर इङग्ल्याण्डविरुद्ध मैदान उत्रिँदै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे