लिबियाका पूर्वतानाशाह गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी « Khabarhub

लिबियाका पूर्वतानाशाह गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली – लिबियाका तत्कालीन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचमा आफ्नो उम्मेदवारी दिएका छन् ।

डिसेम्बरमा हुने निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा ४९ वर्षीय इस्लाम गद्दाफी सिभास्थित निर्वाचन केन्द्रमा पुगेर उम्मेदवारी दर्ता गरेको देखिन्छन् । परम्परागत पहिरनमा सजिएका उनी सेतो चस्मा लगाएका देखिन्छन् ।

इस्लाम अल गद्दाफीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएको सरकारले पुष्टि गरेको छ । राष्ट्रपतिका लागि प्रतिष्प्रर्धा गर्ने उम्मेदवारहरुमध्ये इस्लाम चर्चित व्यक्ति हुन् । गद्दाफी पुत्र इस्लाम राष्ट्रपति निर्वाचनका लागि योग्य उम्मेदवार नभएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी दिने अन्य व्यक्तिहरुमा खालिफा हफतार, प्रधानमन्त्री अब्दुलहमिद अल डिविबा र सभामुख अग्युला सालेह छन् । तर, निर्वाचनको निस्पक्षतामाथि विरोधीले प्रश्न गरेका छन् ।

शुक्रबार पेरिसमा भएको एउटा सम्मेलनमा निर्वाचन विथोल्नेलाई प्रतिबन्ध लगाउने सहमति भएको थियो । तर, निर्वाचन हुन केही साता मात्र बाँकी हुँदा निर्वाचनमा कसले प्रतिष्प्रर्धा गर्न पाउने भन्ने बारेमा निश्चित कानुन बन्न सकेको छैन् ।

इस्लामका बाबु तथा तत्कालिन राष्ट्रपति मौमुर गद्दाफीलाई नेटो समर्थित सेनाले सत्ताच्युत गरेको थियो । सत्ताच्युतपछि लुकेका गद्दाफीलाई विपक्षी लडाकुहरुले गृहनगर सिर्तेमा सन् २०११ मा नियन्त्रणमा लिएका थिए । उनको गोली हानेर हत्या भएको थियो ।

गद्दाफीको शासनकाललाई अधिकांश लिबियाली जनताले कालो इतिहासका रुपमा स्मरण गर्छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ५७ बजे

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीयले ४२ थान हतियार बुझाए

गलकोट– स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान