सिरकले मुख छोपिँदा नवजात शिशु निसास्सिए, आमाले अफिसबाटै … « Khabarhub

सिरकले मुख छोपिँदा नवजात शिशु निसास्सिए, आमाले अफिसबाटै …


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा हामी विश्वभरका नयाँ नयाँ भिडियो हेर्ने गर्दछौँ । यी भिडियोमा कुनै रमाइलो, कुनै रोचक हुन्छन् । यसै बिच सामाजिक सञ्जालमा एक आमाले अफिस बसेरै घरमा नवजात शिशु बचाएको भिडियो भाइरल बनेको छ ।

चीनको संघाईमा एक आमा आफ्नो नवजात शिशुलाई श्रीमानको निगरानीमा छाडेर कार्यालय गइन् । तर जब कार्यालयमा उनले घरको सीसीटीवी नियालिन् तब भयभीत बनिन् । खासमा ती महिलाले काममा जाँदा शिशुको जिम्मा श्रीमानलाई दिएकी थिइन् । उनको बच्चा निदाएकै बेला ओढ्नेले मुख ढाकियो । र ती नवजात शिशु ओढ्नेले मुख ढाकिएपछि निसास्सिए । तर उनका श्रीमान् गहिरो निन्द्रामा परेकाले यो चाल पाएनन् ।

कार्यालयमा भएकी ती महिलाले जसै घरको सिसिटिभी फुटेज लाइभ हेरिन् तब उनी आत्तिइन् । बच्चा करिब दुई मिनेटसम्म मुख ढाकिँदा निसास्सिएर छटपटाइ रहेका थिए । तर जसै उनकी आमाले यो देखिन् उनले हतार हतार फोन गरेर श्रीमानलाई जगाइन् र बच्चाको मुख ढाकिएको जानकारी दिइन् । तब मात्र उनका पिताले हतार हतार बच्चाको मुखबाट ओढ्ने हटाएर आफ्नो अगांलोमा लिए र बच्चा सुरक्षित रहेको बताए ।

सामाजिक सञ्जालमा यो भिडियो हेर्नेहरुले महिलाको सुझबुझको प्रशंसा गरेका छन् । कतिपयले पिता गैर जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । जे भए पनि एक आमाको सुझबुझले ती नवजात शिशुको ज्यान बच्यो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ३४ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक