लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने लमजुङ कांग्रेसको निर्णय  « Khabarhub

लेबी नबुझाए उम्मेद्वार बन्न नपाइने लमजुङ कांग्रेसको निर्णय 


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेद्वारी दिन पाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदार बन्न नपाउने निर्णय गरेको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।

अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्ववार बन्न अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय भएको उनले बताए ।

कांग्रेस लमजुङका अनुसार पार्टीमा जिल्ला कार्यसमितिमा रहेका पदाधिकारी एवं सदस्यले ५ हजारदेखि १५ हजार सम्म लेबी बुझाउनुपर्ने विधानत: प्रावधान छ भने क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यले पनि ३ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान छ ।

सो बाहेक पार्टीका तर्फबाट निर्वाचित स्थानीय तह वडा अध्यक्ष एवं वडा सदस्यले पनि पार्टीमा लेवी तिर्नुपर्ने वैधानिक प्रावधान रहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ३४ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र