फिलिपिन्स राजनीतिको यो परिदृश्य | Khabarhub Khabarhub

फिलिपिन्स राजनीतिको यो परिदृश्य


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति रोड्रिगो डुटरेटकी जेठी छोरी सारा डुटरेट फिलिपिन्सको उपराष्ट्रपति पदको उम्मेदवार हुने भएकी छन् । उनले कुन पदमा उम्मेद्वारी दिन्छिन् भन्ने बहस एक महिनादेखि जारी रहँदा यो निर्णय सार्वजनिक भयो । उनी अर्को कार्यकालमा बाबुकै उत्तराधिकारी बन्ने धेरैको अनुमान थियो ।

डभासो शहरकी मेयर साराले ओपोनियन पोलमा राष्ट्रपतिको रुपमा सबैलाई पछि पारेकी थिइन् । यसअघि राष्ट्रपतिका दाबेदार मानिएका नयाँ दल लकास सिएमडीका प्रमुख ग्लोरिया आरोयाले पनि राष्ट्रपतिको उम्मेदवार नहुने घोषण गरेका छन् ।

फिलिपिन्सका तानासाह फर्नान्डो मार्कोसका छोरा फर्नान्डो मार्कोस जुनियर पनि राष्ट्रपति पदका उम्मेदवार हुनेछन् । चर्चित मुक्केबाज मेनी पाक्यु पनि उम्मेद्वार बनेका छन् ।

राष्ट्रपति डुटरेटलाई २०१६ मा भ्रस्टाचार नियन्त्रणमा लिने र लागु औषध कारोबार बन्द गराउने प्रतिबद्धता गरेकै कारण बलियो व्यक्तिको संज्ञा दिइन्थ्यो । उनले यो पाँच वर्षको अवधिमा लागुऔषध नियन्त्रणका नाममा धेरैलाई मार्न लगाएको आरोप छ ।

राष्ट्रपति निर्वाचनमा फर्नान्डो मार्कोस जुनियरको प्रतिद्वन्द्वीका रूपमा क्रिस्टोफर वङ्ग गो पनि छन् । क्रिस्टोफरले यस अघि नै आफू साराविरुद्ध उम्मेदवार हुन नचाहेको बताएका थिए ।

मे महिनामा हुने यो निर्वाचनसम्म अझ धेरै अस्वाभाविक ट्वीस्ट आउन सक्ने अनुमान धेरैको छ । सत्तासमीकरण मिलाउन जुनसुकै गठबन्धन हुनसक्ने फिलिपिन्सको राजनीतिलाई बुझ्नेहरूको अनुमान छ । कतिपयले उपराष्ट्रपतिमा छोरीको विरुद्धमा बाबु नै उम्मेदवार हुन सक्ने अनुमान पनि गरेका छन् । डुटरेट अझै सत्तामा रहन चाहे पनि त्यहाँको कानुनले अर्को कार्यकालका लागि उम्मेदवार हुन नमिल्ने भए पछि अर्को पदमा रहेर सत्तालाई प्रभाव पार्ने उनको प्रयास रहनसक्ने अनुमान पनि गरिएको छ ।

राजनीतिक विश्लेषक एडमन्ड टसाओले मार्कोस परिवार र डटुरेट क्याप्रियो परिवारबीचमा गठबन्धन हुन सक्ने अनुमान गर्छन् । यसो भएमा निर्वाचनमा नयाँ तरङ्ग पैदा गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचित भए पनि फिलिपिन्सका निश्चित समुदायमा यी दुई परिवारको प्रभाव अझै कायम छ ।

फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपतिको भिन्नाभिन्नै निर्वाचन हुने गर्छ । फिलिपिन्समा एकतन्त्रीय शासन चलाएका क्याप्रीसीयस डुटरेटकी छोरी ४३ वर्षीया डुटरेट कार्पीसीयो पनि यो निर्वाचनबारे तत्काल आफ्नो धारणा राख्दै विज्ञप्ति जारी गर्ने उल्लेख गरेकी छन् ।

फिलिपिन्सका राजनीतिक विश्लेषक टेमारियो रिभेरा त्यहाँको राजनीतिमा पारिवारिक प्रतिद्वन्द्वीता आश्चर्य लाग्दो भएको बताउँछन् । उनीहरूले राजनीतिका नाममा फिलिपिनी जनतालाई मूर्ख बनाइ रहेको उनको आरोप छ ।

११ करोड जनसंख्या भएको यो देशमा २०२२ को मे महिनामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कोरोना महामारीपछि देशलाई कसरी सुधार गर्ने भन्ने नै मुख्य मुद्दा हुने छ ।

राजनीतिक विश्लेषक एडमन्ड टसाओले मार्कोस परिवार र डटुरेट क्याप्रियो परिवारबीचमा गठबन्धन हुन सक्ने अनुमान गर्छन् । यसो भएमा निर्वाचनमा नयाँ तरङ्ग पैदा गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचित भए पनि फिलिपिन्सका निश्चित समुदायमा यी दुई परिवारको प्रभाव अझै कायम छ ।

यो गठबन्धनको सम्भावना बढेसँगै मानव अधिकारवादी सङ्गठनका अधिकारीलाई भने आक्रोशित बनाएको छ । अहिलेका उपराष्ट्रपति लेनी रोब्रेडो, मनीलाका मेयर फ्रान्सीस्को डमागास्को र सिनेटर पानफीलो लस्कन राष्ट्रपति पदका अन्य दाबेदार हुन् ।

राष्ट्रपति डुटरेटका पूर्वप्रहरी प्रमुख सिनेटर रोनाल्ड डेला रेसाले भने गोलाइ समर्थन गर्ने भन्दै आफू राष्ट्रपति पदमा उम्मेदवार नहुने जनाइ सकेका छन् । यो निर्वाचनसँगै राष्ट्रपति डुटरेटले २०१६ मा लागुऔषधविरुद्ध भएको हजारौँको ज्यान जाने गरी चलाएको अभियानका कारण अन्तर्राष्ट्रिय अदालतले कारबाही गर्ने सम्भावना बढेको जनाइएको छ ।

२०१६ को जुलाईदेखि २०१७ को जनवरीबीचमा चलेको राष्ट्रपति डुटरेटको लागुऔषधविरुद्धको लडाइका क्रममा ७ हजारभन्दा बढीको ज्यान गएको थियो । उनले प्रहरीलाई लागुऔषधमा संलग्न जो कोहीलाई पनि गोली हान्न भनेका थिए । प्रहरीको तथ्याङ्क अनुसार सो समयमा ७ हजार २५ जना मारिएका थिए । त्यस समय प्रतिदिन औसत रुपमा ३४ जनाको दरले मारिने गरेका थिए ।

११ करोड जनसंख्या भएको यो देशमा २०२२ को मे महिनामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कोरोना महामारीपछि देशलाई कसरी सुधार गर्ने भन्ने नै मुख्य मुद्दा हुने छ ।

उनका आलोचकहरूले मानव अधिकारको उल्लङ्घन भने पनि उनी यो आरोप मान्न तयार भएका छैनन् । फिलिपिन्समा लागुऔषध कारोबारले विकराल रूप धारण गरेकाले यो अनिवार्य रहेको उनी बताउँछन् ।

२०१६ को जुनमा राष्ट्रपतिमा निर्वाचित भए यता उनले २०२२ सम्ममा नै लागु औषध कारोबार भएको थाहा भए तत्काल गोली हान्न लगाउने घोषणा गरेका थिए । निर्वाचन अगाडी ५ जुनमा भएको चुनावी घोषणासभामै उनले लागु औषध, उत्पादक, डिलर , ओसार पसार गर्ने लगायतका सबैलाई गोली ठोक्ने बताएका थिए । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उनले पहिलो भाषणमा पनि चुनावी घोषणासभाकै कुरामा अडिग रहेको बताएका थिए । उनले तत्काल नै आफ्नो घोषणा अनुसारको काम शुरु गरेका थिए ।

राष्ट्रपति हुनु अघि डभाओ शहरका मेयर भएका उनी सो पदमा पनि अपराध नियन्त्रणका कारण चर्चित थिए । उनी मेयर रहेको समयमा आफैँ मोटर साइकल चढेर अपराधी भएको ठाउँसम्म पुग्ने गरेका थिए । उनको यो बहादुरीको सर्वत्र प्रशंसा भएको थियो ।

डुटरेटले चलाएको यो अभियानका समयमा प्रहरीको सुचीमा रहेको व्यक्तिलाई घरमै गएर पनि गोली प्रहार गरिएका थुप्रै घटना छन् । यस क्रममा केही निर्दोष व्यक्ति पनि प्रहरीको सन्काका भरमा मरे । कतिपय प्रहरीले रिसइवी साध्ने अवसरको रूपमा पनि यो समयलाई प्रयोग गरेको थियो ।

प्रहरीले जालझेल गरेर लागु औषधको कारोबारीको पुष्टि गर्ने र गोली ठोक्ने घटना पनि भए । यो लडाइमा मारिने धेरै युवा थिए । गरिब परिवारका धेरै व्यक्ति मारिएको समाचारहरूमा उल्लेख छ । निर्दोष व्यक्ति मार्ने प्रहरी माथि कुनै कारबाही नभएको घटना अहिले स्मरण हुन थालको छ।

त्यस समयमा भएका घटनाबारे विभिन्न संस्थाले पछि पनि फिलिपिन्स पुगेर नै अध्ययन गरेका छन् । कुनै माथिल्लो तहको पहुँचवालाले रिसइवी साध्न प्रहरीलाई प्रयोग गरेको अहिले खुल्दै आएको छ । आफूलाई मन नपरेको व्यक्तिलाई मार्न धेरैले प्रहरीलाई पैसा खुवाएका थिए ।
उनको शासन कालमा फिलिपिन्समा लागुऔषध कारोबार बन्द भएको भन्दै उनको समर्थन गर्नेको संख्या भने बढेको छ ।

मेयरदेखि राष्ट्रपतिको कार्यकालसम्म अपराधविरुद्ध उनले चलाएको अभियानलाई बहादुर शाशकको उपमा पनि उलने पाए । अर्कोतर्फ उनको यही आदेशको दुरुपयोग गर्दै समाजमा मानव अधिकार उल्लङ्घनका थुप्रै घटना भए । राष्ट्रपतिको आदेशको दुरुपयोग गर्दै प्रहरीले त्यस समयमा मच्चाएको वितण्डा त धेरैलाई पीडादायी बन्यो । परिवारको निर्दोष सदस्य गुमाएका धेरै फिलिपिनी छन् ।

डुटरेटको त्यो कार्यकाललाई फिलिपिनी जनताले कसरी लिएका छन् भन्ने कुराको छिनोफानो चाहिँ उनी उम्मेदवार भएको भए प्रस्ट हुने थियो । त्यहाँको कानूनले यो अधिकार नदिए पछि अबको राष्ट्रपति पदको निर्वाचनसम्म धेरै समीकरण तयार हुनसक्ने छ ।

यही समीकरणकाबीच विश्व खेलकुदले देखेको एउटा नाम पाक्युसहित अन्य धेरै दाबेदार छन् । अत्यन्त गरिब परिवारमा जन्मेका कारण बक्सिङ च्याम्पियन भईसके पछि मात्र औपचारिक शिक्षालाई निरन्तरता दिएका पाक्युको जीवन कथा बुझ्नेले उनलाई त्यहाँका गरिब नागरिकको साँचो प्रतिनिधि मात्र ठान्ने छैनन् । उनको जितले प्रजातान्त्रिक निर्वाचन भनिए पनि वर्षौदेखि चल्दै आएको पुस्तागत राजनीति पनि चिर्ने छ ।

खेलको च्याम्पियन, गीत सङ्गीतमा अब्बल र राजनीतिज्ञसमेत रहेका पाक्युका लागि यो निर्वाचन विशेष महत्वको हुनेछ ।

-अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ०० बजे

एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को आठौं केन्द्रीय कमिटी बैठक तेस्रो

भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण

काठमाडौं– भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन र

 युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी 

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर

इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण

 चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

एजेन्सी – चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा