‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’ले देखाए प्रतिभा | Khabarhub Khabarhub

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’ले देखाए प्रतिभा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट शोअन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला जस्ता बिभिन्न विषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगितामा १२ छात्र र १५ छात्रा प्रतिस्पर्धामा रहेका छन् । ट्यालेन्ट राउण्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस झुमा थापामगर, गायक सुरज थापा, पत्रकार कुवेर गिरी रहेका थिए ।

९ बर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगिताको ट्यालेन्ट राउण्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्याम्पमा उत्रिनेछन् ।

प्रतियोगिताको शिर्ष विजेताले उपाधिको साथ यसै बर्ष इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा बिभिन्न उपहार समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न उप–विजेता समेत छानिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ३७ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ