‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’ले देखाए प्रतिभा « Khabarhub

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’ले देखाए प्रतिभा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट शोअन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला जस्ता बिभिन्न विषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगितामा १२ छात्र र १५ छात्रा प्रतिस्पर्धामा रहेका छन् । ट्यालेन्ट राउण्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस झुमा थापामगर, गायक सुरज थापा, पत्रकार कुवेर गिरी रहेका थिए ।

९ बर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगिताको ट्यालेन्ट राउण्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्याम्पमा उत्रिनेछन् ।

प्रतियोगिताको शिर्ष विजेताले उपाधिको साथ यसै बर्ष इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा बिभिन्न उपहार समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न उप–विजेता समेत छानिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ३७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान