प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार « Khabarhub

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ
  • अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य

 काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् ।

बारको आन्दोलन र धर्नाले मुख्य गेटमा अवरोध कायम भएपछितेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए ।

तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने नेपाल बार र सर्वोच्च बारका अध्यक्षहरूले जनाएका छन्  ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई विकृति र भ्रष्टाचारीको प्रवक्ता र पक्षपोषण गर्न नेतृत्वमा नपठाएको जनाउँदै भने, ‘हामीसँग बार्तामा नआएर भ्रम छर्न विज्ञप्ति बाँडिएको छ । हामी यसको लिखित रुपमा जवाफ दिन्छौं । वार्ता होइन राणासँग राजीनामाको मात्रै विकल्प छ ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणाले जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाए । तर उनले आह्वान गरेको वार्तामा नबस्ने उनले बताए ।

‘अफिसमुनिको आन्दोलनलाई वक्तव्य जारी गरिएको छ । वक्तव्यको जवाफ वक्तव्यमै दिन्छौं । उहासँग वार्ताको कुरै हुँदैन । अवको वार्ता भनेको उहाँपछि आउने नेतृत्वसँग न्यायालय सुधारका लागि हुन्छ’, उनले भने ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबारदेखि देशव्यापी भइसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : १२ बजे

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध