शिल्पा र राजविरुद्ध उजुरी « Khabarhub

शिल्पा र राजविरुद्ध उजुरी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा प्रहरी चौकीमा धोकाधडीको उजुरी परेको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजविरुद्ध उजुरी दिएका हुन् ।

नितिनका अनुसार सन् २०१४ मा एक फर्मका माध्यमबाट उनीसँग शिल्पा र राजले धोखाधडी गरेका थिए । उजुरीमा जुलाई २०१४ देखि लिएर अहिलेसम्म मेसर्स एसएफएल प्रालिका निर्देशक नितिन बराईसँग ‘चिटिङ’ गरेको आरोप लगाइएको छ । कम्पनीको निर्देशकको सुचीमा शिल्पा र राजका अलावा काशिफ खान, दर्शित शाहको नाम पनि छ ।

प्रहरीले शिल्पा र राजसहित अन्य आरोपीविरुद्ध आइपीसीको धारा ४०६, ४०९, ४२०, ५०६, ३४ र १२०को अनुसार उजुरी दिएका छन् । यो मामलामा राज र शिल्पासँग चाँडै सोधपुछ हुनेछ ।

राज हालका दिनमा अश्लील फिल्मसँग जोडिएको विषयमा आरोप लागेपछि उनी जमानतमा जेलबाट बाहिर छन् । उनले जेलबाट बाहिर आउनासाथ सामाजिक सञ्जालबाट बिदा लिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : २८ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन