सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने « Khabarhub

सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ ।

सोमालियका नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।

समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको संस्थाले जनाएको छ । खडेरीका कारण नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो ।

सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने अवस्था गम्भीर हुने पनि बताएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ०१ बजे

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय