सेयर बजारमा दोहोरो अंकको वृद्धि, चार अर्ब ७३ करोडको कारोबार « Khabarhub

सेयर बजारमा दोहोरो अंकको वृद्धि, चार अर्ब ७३ करोडको कारोबार


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२८ कम्पनीको चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो ।   कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ ।

नेप्सेका अनुसार सोमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ५२ बजे

मोरङ–५ मा रास्वपालाई सुरुवाती अग्रता

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–५ मा मतगणना भइरहेको छ ।

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की

मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय

रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा

काठमाडौं– रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले

मोरङ–१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा