सेयर बजारमा दोहोरो अंकको वृद्धि, चार अर्ब ७३ करोडको कारोबार | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अंकको वृद्धि, चार अर्ब ७३ करोडको कारोबार


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२८ कम्पनीको चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो ।   कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ ।

नेप्सेका अनुसार सोमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ५२ बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना