कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन « Khabarhub

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफुसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई २–२ वटा मन्त्रालय दिने मनस्थिति बनाएका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

शाहीले गत १६ कात्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रले चार मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालय माग गरिरहेको छ । तर, मुख्यमन्त्री शाही सत्ता साझेदार दलहरूलाई २–२ मन्त्रालय मात्र दिने मनस्थितिमा रहेका छन् ।

कर्णालीमा सबैभन्दा ठूलो दल माओवादी केन्द्र रहेको र प्रदेश सरकार सहमतिका आधारमा हस्तान्तरण गरेकाले आफूहरूले चार मन्त्रालय पाउनुपर्ने पूर्वमन्त्री तथा सांसद सीता नेपालीले बताइन् । ‘हामीले सहमति कार्यान्वयन गरेका छौं । कांग्रेसले मुख्यमन्त्री र एक मन्त्रालय मात्रै पाउनुपर्ने हो ।’ उनले भनिन्, ‘हामीले चार मन्त्रालय र एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिनुपर्ने हुन्छ । अहिले कुनै छलफल भएको छैन् । तै पनि सहमतिको आधारमा मन्त्रालय तलमाथि हुन सक्छ ।’

कांग्रेसले पार्टीको आन्तरिक विवाद मिलाउन मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय आफुसँग राख्ने खोजेका कारणले अहिले मन्त्रिपरिषद् विस्तार हुन नसकेको र सत्ता साझेदार दलहरूबीच छलफलका बैठक बोलाउन आनाकानी गर्दै आएको एकीकृत समाजवादीका एक सांसदले बताए । ‘खै किन हो ? उहाँले अहिलेसम्म औपचारिक रुपमा बैठक बोलाउनु भएको छैन् । उहाँ कहिले अनुगमनका नाममा कहिले केही नाममा उहाँ घुमिरहनु भएको छ’, उनले भने, ‘मन्त्रिपरिषद् विस्तारमा उहाँले खासै चासो देखाउनु भएको छैन् ।’

मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्रीले चाहेमा जुनसुकै बेलामा पनि सत्ता साझेदारहरू मन्त्री हुने सांसदहरूको नाम दिन तयार रहेको सांसद नेपालीले बताइन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ४० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी