दुर्घटना बीमाबारे नयाँ निर्देशिका जारी « Khabarhub

दुर्घटना बीमाबारे नयाँ निर्देशिका जारी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ ।

यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ ।

एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मका लािग वार्षिक बीमाशुल्कको ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शत्प्रतिशत बीमादर तोकिएको छ ।

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम् प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ बीमादर तोकिएको छ ।

सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम् दुई रुपैयाँ, २६ जनादेखि एकसय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ७५ पैसा र एकसयभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।

यसैगरी, बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एकसय रुपियाँभन्दा कम बीमाशुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमाशुल्क दर तथा बीमाशुल्क रकम प्रष्ट ढङ्गले खुलाई गणना गर्नुपर्ने प्रावधान रहेको छ ।

बीमकले यस निर्देशिका बमोजिम व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्ने र बीमा प्रस्ताव फारम, तालिका, सम्पुष्टी, बीमालेख तथा सोसँग संलग्न अनुसूचीलाई समग्र बीमा करारको रुपमा लिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमाङ्कको अतिरिक्त दुर्घटना बीमावापत बीमाङ्क रकम रु. दुईलाख बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ५१ बजे

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : मन्त्री पोखरेल

मोरङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक