राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा « Khabarhub

राप्रपा प्रदेश अध्यक्ष : चार वटामा सर्वसम्मत, तीनमा प्रतिस्पर्धा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी ११ देखि १३ मंसिरमा हुने महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्षका लागि तीनवटा प्रदेशमा प्रतिस्पर्धा भएको छ । ४ वटा प्रदेशमा सर्वसम्मत प्रदेश अध्यक्ष चयन भए पनि प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको छ ।

‘चारवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको छ, तीनवटामा भने प्रतिस्पर्धावाट अध्यक्षहरु निर्वाचित भएका छन्,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । उनका अनुसार संघीय शासन सुरु भएपछि पहिलो पटक राप्रपाले प्रदेश अधिवेशन गरेको हो ।

अध्यक्षका लागि प्रदेश १ मा भक्ति सिटौलालाई ३७ मतले पराजित गर्दै राम थापा बिजयी भएका छन् भने गण्डकीमा हेमजंग गुरुङले मदनबहादुर गुरुङलाई ७४ मतले पराजित गर्दै गण्डकी प्रदेशको नेतृत्व सम्हालेका छन् ।

लुम्बिनी प्रदेशमा प्रदिपकुमार उदय र ऋषिराज देवकोटाबीचको प्रतिस्पर्धामा उदयले बाजी मारेका छन् । उदयले २ सय ५६ मत ल्याउँदा देवकोटा १ सय ९४ मत पाएका छन् ।

श्रेष्ठका अनुसार चारवटा प्रदेशमा भने प्रदेश अध्यक्ष सर्वसम्मत चयन भएका छन् । जसअनुसार प्रदेश २, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अध्यक्ष सर्वसम्मत चयन भए ।

प्रदेश २ मा भरत गिरी, बाग्मतीमा विक्रमबहादुर थापा, कर्णालीमा दीपकबहादुर शाही र सुदुरपश्चिममा धर्मराज जोशी सर्वसम्मत प्रदेश अध्यक्ष चयन भएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : १० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी