सात बुँदे सहमतिपछि जनकपुरको निषेधाज्ञा हटाइयो « Khabarhub

सात बुँदे सहमतिपछि जनकपुरको निषेधाज्ञा हटाइयो


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समूदायबीच सहमतिपश्चात हटाइएको छ ।

सोमबार दुई समूदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व प्रशासनलाई पूर्वजानकारी गराई पोखरीमा माटो नझर्ने गरी गर्ने, मुस्लिम समूदायले त्यहाँ गाडेको झण्डा अन्य स्थानमा व्यवस्थापन गर्ने, दुवै समूदायले एकअर्कालाई सम्मान गर्नेलगायतका विषय छन् ।

त्यसैगरी उक्त सहमति कार्यान्वय गराउन उपमहनगरपालिका उपमेयर रीताकुमारी मिश्रको संयोजकत्वमा दुवै समुदायबाट चार–चार जना प्रतिनिधि रहने गरी समितिसमेत गठन गरिएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ४० बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति