दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी « Khabarhub

दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । मंगलबार भएको सभापतिको दोस्रो चरणको मतदानको बुधबार सम्पन्न मत गणनामा देउवाले जित हात पारेका हुन् । ४५६४ म खसेकोमा यो समाचार तयार पार्दासम्म देउवाले २२८८ मत (बहुमत) मत ल्याइसकेका छन् ।

देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १५०१मत पाएका छन् । ३८१९ मत गणना हुन भएको छ । अब ७०० मत गणना हुन बाँकी छ ।बुधबार बिहानसम्म सो मत गणना सम्पन्न हुनेछ ।

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।

देउवा नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका नेता हुन् । पञ्च्यायतविरुद्धको आन्दोलनबाट सक्रिय भएर खारिएका नेता २०४६ को आम निर्वाचनयता देशमा हालसम्म भएकासबै आम निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उमेर ७६ वर्ष पुगेका देउवा ८० वर्षको उमेरसम्म कांग्रेसको सभापति हुने भएका छन् । महाधिवेशन उद्घाटन गर्दा सम्बोधनका क्रममा देउवाले आफूले जिते तीन वटै तहको चुनावमा पार्टीलाई पहिलो दल बनाउने वाचा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ०७ बजे

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरान

तेहरान – इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई

बाबुरामको प्रतिक्रिया : बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी

बजेटबारे संसद्का एकमात्रै पूर्वअर्थमन्त्री पुनले भने : मध्यम वर्ग प्राथमिकता, तल्लो वर्गलाई उपेक्षा

काठमाडाैं – पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता

सिद्धार्थ राजमार्ग : बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने

गण्डकी – सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्ग का रुपमा