मृत भेटिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’का डेविड « Khabarhub

मृत भेटिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’का डेविड


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन(आजतक)– रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’का १२ पटक अडिसन दिइसकेका जादूगर डेविड वाटसन मृत भेटिएका छन् । डेविड घरमै मृत अवस्थामा भेटिएका हुन् । ६२ वर्षे डेविडको निधनको खबर उनका फ्यानका लागि दुःखद हो ।

डेविड चेशायरस्थित एल्ट्रचिममा बस्थे । उनको निधन गत बिहीबार भएको हो । डेविडको परिवारले उनलाई कैयौं पटक फोन र सन्देश पठाउदा कुनै प्रतिक्रिया नजनाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी सूचना पाउनासाथ डेविडको घर पुगेको थियो । जहाँ जादुगर मृत भेटिएका थिए ।

डेविडको मृत्युमा प्रहरीले कसैप्रति शंका गरेको छैन । ‘ब्रिटेन्स गट ट्यालेन्ट’का जज अमाण्डा होल्डनले डेविडप्रति श्रद्धाञ्जली दिएका छन् । डेविडले यो शोमा १२ पटक अडिसनको रेकर्ड बनाएका छन् । उनी सन् २००८ मा पहिलोपटक यो शोमा आएका थिए ।

उनले राजनीतिक टोली ब्लेयर, विलियन हग, डेविड ब्लन्केटको भेष बनाएका थिए । तर उनी दोस्रो राउण्डमा पुग्न सकेनन् । यद्यपि उनले हार मानेनन् । दुई वर्षपछि उनी चौथो सिरिजमा फर्किए । यो सिरिजपछि उनले जजहरुको दिमागमा आफ्नो छाप छोड्न सफल भएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : ५४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक