मृत भेटिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’का डेविड « Khabarhub

मृत भेटिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’का डेविड


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन(आजतक)– रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’का १२ पटक अडिसन दिइसकेका जादूगर डेविड वाटसन मृत भेटिएका छन् । डेविड घरमै मृत अवस्थामा भेटिएका हुन् । ६२ वर्षे डेविडको निधनको खबर उनका फ्यानका लागि दुःखद हो ।

डेविड चेशायरस्थित एल्ट्रचिममा बस्थे । उनको निधन गत बिहीबार भएको हो । डेविडको परिवारले उनलाई कैयौं पटक फोन र सन्देश पठाउदा कुनै प्रतिक्रिया नजनाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी सूचना पाउनासाथ डेविडको घर पुगेको थियो । जहाँ जादुगर मृत भेटिएका थिए ।

डेविडको मृत्युमा प्रहरीले कसैप्रति शंका गरेको छैन । ‘ब्रिटेन्स गट ट्यालेन्ट’का जज अमाण्डा होल्डनले डेविडप्रति श्रद्धाञ्जली दिएका छन् । डेविडले यो शोमा १२ पटक अडिसनको रेकर्ड बनाएका छन् । उनी सन् २००८ मा पहिलोपटक यो शोमा आएका थिए ।

उनले राजनीतिक टोली ब्लेयर, विलियन हग, डेविड ब्लन्केटको भेष बनाएका थिए । तर उनी दोस्रो राउण्डमा पुग्न सकेनन् । यद्यपि उनले हार मानेनन् । दुई वर्षपछि उनी चौथो सिरिजमा फर्किए । यो सिरिजपछि उनले जजहरुको दिमागमा आफ्नो छाप छोड्न सफल भएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १२ : ५४ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।