गुल्मीमा अक्सिजन उत्पादन सुरु « Khabarhub

गुल्मीमा अक्सिजन उत्पादन सुरु


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास- गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ ।  अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो ।

रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासङ्घद्वारा  सुरुभएको सो  अभियानमा रु १० हजार प्रदान गरेको थियो ।

‘अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ’, उनले भने, ‘अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।’

गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो  । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो ।

पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बताए  ।

सङ्घीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न  भएको थियो  । अस्पतालका प्रमुख डा उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

प्लान्टबाट २४ घण्टामा ४०  ठूला सिलिण्डर भर्न सकिन्छ । भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पुर्‍याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् ।

‘ढुक्कसँग बिरामीको उपचार गर्न पाएका छौँ, अक्सिजन सकिने कुनै डर छैन ।’ डा पच्याले भने, ‘हामीलाई आवश्यक अक्सिजन यही उत्पादन हुँदा उपचारमा सहजता मिलेको छ ।’

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ५९ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर