कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई « Khabarhub

कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएकोमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ ।

फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका पार्टी महामन्त्री डा.शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित भएका थिए । सभापति देउवाको यो दोस्रो कार्यकाल हो ।

यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसकेका छन् । कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ५९ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर