आर्यनलाई अदालतले दियो राहत | Khabarhub Khabarhub

आर्यनलाई अदालतले दियो राहत


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ ।

आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको थियो । आर्यनको तर्फबाट अधिवक्ता अमित देसाईले बहस गरेका थिए । ‘हामी शुक्रबारको हाजिरीको मामलामा जमानतको शर्त ‘जे’मा संशोधनको माग गरिरहेका छौं । अहिले यहाँ केही भइरहेको छैन । उनीहरु जहिल्यै चाहन्छन्, बोलाउन सक्छन् । एनसीबीको मुम्बई ब्राञ्च पनि एसआईटीको हातमा मुद्धा पुगेपछि यो मामलामा सक्रिय देखिएको छैन’, अधिवक्ता देसाईले भनेका छन् ।

आर्यनको विषयमा अदालतले निर्णय सुनाउदै एसआईटीले बोलाएको खण्डमा ७२ घण्टाभित्र आर्यन दिल्लीको टिमसमक्ष उपस्थित हुनुपर्नेछ ।

आर्यनलाई हरेक शुक्रबार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूर(एनसीबी)को कार्यालयमा उपस्थित हुनुपर्थ्याे । यो उनको जमानत आदेशमा लेखिएको १४ शर्तमध्ये एक थियो । यो शर्तलाई परिवर्तन गर्नका लागि आर्यनले पछिल्लो दिनमा बम्बे हाईकोर्टको अदालत ढकढक्याएका थिए । याचिकामा उनले मुद्धालाई एनसीबीले एसआइटीलाई हस्तान्तरण गरेकाले आफ्नो शर्तमा छुट हुनुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : २४ बजे

एम्बाप्पे रियल म्याड्रिडमा आवद्ध हुने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित

 अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा नुवाकोटका सडकका रकम

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले)