कांग्रेस महाधिवेशन : उपसभापति पदको मतगणना सुरु हुँदै | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : उपसभापति पदको मतगणना सुरु हुँदै


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गर्दैछ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए। उनले अहिले साढे ४ बजेसम्म मतगण्ना सुरु हुने जानकारी दिए ।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : २३ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११