कांग्रेस महाधिवेशन : उपसभापति पदको मतगणना सुरु हुँदै « Khabarhub

कांग्रेस महाधिवेशन : उपसभापति पदको मतगणना सुरु हुँदै


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गर्दैछ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए। उनले अहिले साढे ४ बजेसम्म मतगण्ना सुरु हुने जानकारी दिए ।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : २३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष