कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण सुरु « Khabarhub

कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण सुरु


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।

कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमति पत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उनको भनाइ छ । सवारी चालक अनुमति पत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उनले जानकारी दिए ।

दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उनले हालसम्म यहाँबाट २०० भन्दा बढी नविकरण फर्म भरेको बताए । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ०२ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर