पानीमुनि खिचियो ‘अवतार २’ « Khabarhub

पानीमुनि खिचियो ‘अवतार २’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउड फिल्म ‘अवतार’को सिक्वेल ‘अवतार–२’को बारेमा निर्माण पक्षले नयाँ कुरा सार्वजनिक गरेको छ । एक दशकअघि रिलिज यो फिल्मको सिक्वेल ‘अवतार–२’को पोष्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक जेम्स क्यामरुनले फिल्को सबै दृश्य पानीमुनि खिचिएको खुलाएका छन् ।

एक दशकको प्रोडक्सन, ढिलाई र चर्चापछि ‘अवतार’को सिक्वेल आउने घोषणा गरिएको छ । जेम्सले फिल्मको पोस्टर सामाजिक सञ्जालमा शेयर गरेका छन् । जसमा एक तस्वीरमा पहिलो फिल्ममा देखिएका ड्रेगन गनशिपलाई फ्लाइट डेकमा एडी फाल्कोका जनरल अर्डमोडरसँग उभिएको देखिएको छ । सार्वजनिक गरिएका सबै तस्वीरले पनि फिल्मको सुटिङ पानीमुनीनै गरिएको प्रष्ट्याएको छ ।

‘सन् २०१२ पछि ‘अवतार’को सिक्वेलको तयारी सुरु गरिएको थियो । यो फ्रेञ्चाइजीको अवस्था एकदमै युनिक छ । किनकी हामीलाई थाहा छ कि ‘अवतार’को दुई, तीन, चार र पाँच निर्माणको पाइपलाइनमा छन् । यसको सिक्वेलमा एक बिलियन डलरको खर्च हुनेछ । यसको अर्थ यो हो कि हरेक फिल्ममा कमसेकम २ सय ५० मिलियन डलर खर्च हुनेछ’, जेम्सले भनेका छन् ।

सन् २०२० को सेप्टेम्बरमा ‘अवतार २’को सुटिङ पुरा भइसकेको छ । तेस्रो सिक्वेल ‘अवतार ३’को सुटिङ पनि करिब करिब पुरा भइसकेको छ । ‘अवतार २’ चाँडै रिलिज हुने भनिए पनि यो फिल्म डिसेम्बर २०२२ मा रिलिज हुँदैछ । ‘अवतार ३’को लागि डिसेम्बर २०, २०२४, ‘अवतार ४’ डिसेम्बर २०२६ र ‘अवतार ५’ डिसेम्बर २०२८सम्म रिलिज हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ३८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा