कांग्रेस महाधिवेशन : धनराजको अग्रता कायमै « Khabarhub

कांग्रेस महाधिवेशन : धनराजको अग्रता कायमै


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको पहिलो नतिजा सार्वजनिक गरिएको छ ।

६ सय मत गणना हुँदा धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले २५८ मत पाएका छन् । पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारको भने बराबर २४६ मत आएको छ । चौथो स्थानमा रहेका चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ५५ बजे

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक