मुलुकको व्यापार घाटा ५ खर्ब नाघ्यो « Khabarhub

मुलुकको व्यापार घाटा ५ खर्ब नाघ्यो


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन रु एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आवमा घाटामा पुगेको छ ।

मुलुकमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । त्यस्तै सार्वजनिक विवरणानुसार देशको चालू खाता आवको पहिलो चार महिनामा रु दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको देखिन्छ । गत आवको समीक्षा अवधिमा चालू खाता १९ अर्ब एक करोडले बचतमा थियो ।

तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर रु १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ ।

व्यापार घाटा रु पाँच खर्ब ६८ अर्ब

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार पहिलो चार महिनामा मुलुकको वस्तु व्यापार घाटा ५६ दशमलव आठ प्रतिशतले बढेर रु पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

सो अवधिमा वस्तु निर्यात रु १०४ दशमलव तीन प्रतिशतले बढेर रु ८२ अर्ब १२ करोड पुगेको छ र आयात ६१ दशमलव ६ प्रतिशतले बृद्धि भई रु छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका समानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत बढेका छन् ।

देशको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने विप्रेषण आप्रवाह ९रेमिट्यान्स०समेत घटेको देखिन्छ । चालू आवको पहिलो चार महिनामा सात दशमलव पाँच प्रतिशतले रेमिट्यान्स घटेर कूल रु तीन खर्ब १२ अर्ब ४२ करोड भित्रिएको छ । त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार आवको पहिलो चार महिनामा सङ्घीय सरकारको खर्च रु दुई खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु तीन खर्ब ३४ अर्ब ३१ करोड छ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण