वल्र्डलिंकले भित्र्यायो ६ सय एमबीपीएसको ईन्टरनेट | Khabarhub Khabarhub

वल्र्डलिंकले भित्र्यायो ६ सय एमबीपीएसको ईन्टरनेट


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपाली बजारमा यो गतिको ईन्टरनेट सेवा ल्याइएको जानकारी दिएको हो ।

योसँगै अब वल्र्डलिंकको ईन्टरनेटको स्पिड कम्तिमा १५० एमबीपीएस गतिको हुने कम्पनीले बताएको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको ईन्टरनेटको पाउने जनाइएको छ ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएससहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको ईन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

यस्तै वल्र्डलिंकले आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जालाई सद्भावना दूत नियुक्त गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ३१ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले