कुण्डलीमा बृहस्पति कमजोर भए के हुन्छ ? के गर्नु पर्दछ ? « Khabarhub

कुण्डलीमा बृहस्पति कमजोर भए के हुन्छ ? के गर्नु पर्दछ ?


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बृहस्पती नवग्रहमा गुरु र मन्त्री मानिन्छ । यो ग्रह ज्ञानको सबैभन्दा ठुलो ग्रह मानिन्छ । बृहस्पति, धनु र मीन राशिको स्वामी तथा कर्कटको प्रिय बृहस्पति ज्ञान र विद्याको वरदान दिने मानिन्छ ।

नवग्रहमा बृहस्पतिलाई गुरु र मन्त्रणाको कारक पनि मानिन्छ । पहेलो रंग, स्वर्ण, वित्त र कोष, कानून, धर्म, ज्ञान, मन्त्र र संस्कारलाई यसले नियन्त्रित गर्दछ । यदि बृहस्पति कमजोर भएमा व्यक्तिको संस्कार कमजोर हुन जान्छ । विद्या र धन प्राप्तिमा बाधाका साथै व्यक्तिले ठुलाको सहयोग पाउन मुस्किल पर्दछ ।

कुण्डलीमा बृहस्पती कमजोर भएमा पाचन तन्त्र पनि कमजोर हुन्छ । यदि बृहस्पति अशुभ भएमा सन्तान पक्षको समस्या आउने गर्दछ । तर कुण्डलीमा बृहस्पति शुभ भए व्यक्ति विद्वान र ज्ञानी हुने गर्दछ । साथै अपार मानसम्मान पाउन सक्षम रहन्छ । व्यक्तिका ऊपर दैवीय कृपा प्राप्त हुन्छ । जीवनका तमाम समस्याबाट बच्न सकिन्छ ।

यस्तोमा बृहस्पति कमजोर भएकाहरुले नित्य बिहान बेसार मिसाएर सूर्यलाई जल अर्पित गर्नु पर्दछ । शिवजीको यथाशक्ति उपासना गर्नु पर्दछ । महीना एक दिन शिवजीलाई पञ्चामृतद्वारा अभिषेक गर्नु पर्दछ । बरको वृक्षमा नियमित जल अर्पित गर्नु पर्दछ । बडाको सम्मान गर्नु पर्दछ । यसो गरेमा कुण्डलीको बृहस्पति बलियो हुन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ४० बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत