विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण, ७१ प्रतिशत निको « Khabarhub

विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण, ७१ प्रतिशत निको


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुने यो दर ७१.४० प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् ।

कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७२ नाघेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाखभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : १६ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको