कतारमा कोरोना खोपको दोस्रो डोज सुरू « Khabarhub

कतारमा कोरोना खोपको दोस्रो डोज सुरू


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सुरू गरेको छ ।

गत डिसेम्बर २३ तारिखदेखि सुरु भएको अभियानमा पहिलो डोज खोप लिने सबैलाई दोस्रो डोज पनि दिन सुरु गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो दुई व्यक्तिहरू जसले कोभिड–१९ को पहिलो डोज प्राप्त गरेका दुई व्यक्तिलाई दोस्रो डोज पनि दिइएको छ ।

कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा.अब्दुल्लाह अल कुबैसी र ८८ वर्षीय सिरियाली मोहम्मद फ्रेजाटलाई पनि दोस्रो डोज खोप दिइएको मन्त्रालयले जनाएको छ ।

यहाँको १० स्वास्थ्य केन्द्रमार्फत ६५ वर्षभन्दा माथिका मानिसहरूलाई र केही स्वास्थ्यकर्मीहरूलाई खोप दिइरहेको छ । यो खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सावधानी अपनाउँदै खोपको पहिलो मात्रा लिएका सबै व्यक्तिहरुलाई तोकिएको मितिमा गई दोस्रो खोप लिनसमेत अनुरोध गरिएको छ ।

यसैबीच कतारले अर्को हप्ता भित्रमा दोश्रो चरणका लागि खोप (भ्याक्सिन) कतार आइपुग्ने अपेक्षा गरिरहेको जनाएको छ ।

कतारले सन् २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ४६ हजार ८८५ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ४३ हजार ४३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्य २४६ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ३० बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको