सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’ « Khabarhub

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् ।

‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ ।

राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन् ।

सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्वीर खिचाउने गरेका छन् ।

कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए । उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्ने गरेका छन् । उनले भने, “सेल्फी प्वाइन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ ।” थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरुले बताएका छन् ।

क्षेत्रीय होटल एशोसिएशन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ आएका पर्यटकलाई एकपटक त्यहाँ जाऊँजाऊँ भन्ने बनाएको बताए । उनले भने, “यसले पर्यटकलाई सौराहा आयौँ भन्ने अनुभूति दिलाउने काम गरेको छ ।” स्थानीय पत्रकार होमनाथ सापकोटाले पर्यटन विकासका लागि यसले मद्दत पुगेको बताए । उनले भने, “यो पर्यटन क्षेत्रका लागि नयाँ आयाम भएको छ ।”

कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटकको सङ्ख्या दैनिक ६०० को हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ । घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार ५०० भन्दा बढी हुने गरेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १० : ५७ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र