जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय भएको हो : मन्त्री पौडेल | Khabarhub Khabarhub

जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय भएको हो : मन्त्री पौडेल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताएका छन् ।

ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने जनतामा जानुपर्ने बताएका छन् । उनले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी पनि गरेका छन् ।

फरक प्रसङमा मन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप ल्याउने तयारी गरेको बताए । विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सबै नेपालीलाई नि:शुल्क रुपमा खोप उपलब्ध गराउने उनले बताए ।

मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ३६ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार