अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक नेकपा : सुवास नेम्वाङ « Khabarhub

अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक नेकपा : सुवास नेम्वाङ


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरु रहेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले महासचिव जहाँ छन् उही आधिकारिक नेकपा हुने दाबी गरेका हुन ।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए ।

उनले संविधान अनुसार नै सकरारले काम गरिरहेको बताए ।

नेता नेम्वाङले प्रचण्ड–माधव समूहले अदालत र निर्वाचन आयोगलाई अनावश्यक दबाब सिर्जना गरिरहेको टिप्पणी समेत गरे ।

संसद् विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा संवैधानिक इजलास कि बृहत इजलास भन्नेमा विवाद गरेर मुद्दालाई अड्काउने प्रयास गरिएको बताए।

संविधानको धारा ७७ ले प्रधानमन्त्री रिक्त कतिबेला हुन्छन् भनेर प्रष्टै लेखेको भन्दै उनले यो सरकारले फुलफेजरुपमै काम गर्न पाउने तर्क गरे।

उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ०२ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने