अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक नेकपा : सुवास नेम्वाङ | Khabarhub Khabarhub

अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक नेकपा : सुवास नेम्वाङ


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरु रहेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले महासचिव जहाँ छन् उही आधिकारिक नेकपा हुने दाबी गरेका हुन ।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए ।

उनले संविधान अनुसार नै सकरारले काम गरिरहेको बताए ।

नेता नेम्वाङले प्रचण्ड–माधव समूहले अदालत र निर्वाचन आयोगलाई अनावश्यक दबाब सिर्जना गरिरहेको टिप्पणी समेत गरे ।

संसद् विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा संवैधानिक इजलास कि बृहत इजलास भन्नेमा विवाद गरेर मुद्दालाई अड्काउने प्रयास गरिएको बताए।

संविधानको धारा ७७ ले प्रधानमन्त्री रिक्त कतिबेला हुन्छन् भनेर प्रष्टै लेखेको भन्दै उनले यो सरकारले फुलफेजरुपमै काम गर्न पाउने तर्क गरे।

उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ०२ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका