योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’ « Khabarhub

योगेश भट्टराईलाई ओलीको कटाक्ष : ‘बैगुनी पुक्क लात्ति हानेर भाग्यो’


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा ‘लात्ताले हानेर’ भागेको भन्दै पूर्व मन्त्री योगेश भट्टराईप्रति कटाक्ष गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व पर्यटनमन्त्री भट्टराईप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले मन्त्री बनाएपछि ‘लात्ताले हानेर’ भागेको कटाक्ष गरेका हुन।
प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा उनले भने, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताए ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : २६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी