राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित  « Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित 


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन ।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो ।

पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गरे ।

अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उनलाई सो सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गरे ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताए ।

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गरे ।

यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’को बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो ।

सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा रु १३ लाख खर्च जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १० : ४८ बजे

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले