यस्ता छन् स्कुस खाँदाका फाइदा | Khabarhub Khabarhub

यस्ता छन् स्कुस खाँदाका फाइदा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बजारमा सजिलै र सस्तो पाइने तरकारी हो स्कुस । स्कुस बहुउपयोगी, बहुगुणी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ ।

यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व हुने भएकाले स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुस पोषक तत्वले धनी तरकारी हो ।

यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित यति धेरै पोषक तत्व पाइन्छ ।

स्कुसका फाइदाहरु एन्टिअक्सिडन्टको उपलब्धताः स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ ।

एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ । मुटुको स्वास्थ्यका लागिः स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ ।

जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ ।  यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्दत गर्छ । रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगीः घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बोहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ ।

स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्‍याउँछ । क्यान्सर कम गर्नः उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउने गर्छ ।

एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ ।

मिर्गौलाको कामलाई सहज बनाउनः फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ४० बजे

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ ।

रञ्जिताले दिइन् शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

जेरुसलेम- इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा